प्रस, वीरगंज, २४ माघ/
वीरगंजमा नेपाली काङ्ग्रेसका जनवर्गीय सङ्गठनहरूले विरोध प्रदर्शन गरेका छन्। संसद् पुनस्र्थापनाको माग गर्दै काङ्ग्रेसका करीब दुई दर्जनभन्दा बढी वर्गीय सङ्गठनको सहभागितामा प्रदर्शन भएको हो।
बिहान साढे ११ बजे घण्टाघरचोकबाट शुरू भएको जुलुस आदर्शनगर–घडीअर्वा चोक हँुदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो।
काङ्ग्रेसको केन्द्रीय कार्यक्रम अनुसार राष्ट्रव्यापी विरोध प्रदर्शन भएको सो पार्टीले जनाएको छ।
प्रदर्शनमा काङ्ग्रेसनिकट नेपाल ट्रेड युनियन, कारखाना श्रमिक सङ्घ, किसान सङ्घ, नेविसङ्घ, ब्युटिशियन सङ्घ, शिक्षक सङ्घलगायत पेशागत विभिन्न सङ्गठनका कार्यकर्ताहरूको सहभागिता थियो।
जुलुसपछि नेका पर्साका सभापति अजयकुमार द्विवेदीको सभापतित्वमा भएको विरोधसभामा पूर्वसभासद् अनिलकुमार रूँगटा, जिल्ला सचिव श्याम पटेल, जिल्ला सदस्य सहरूमराउत गद्दीलगायतले मन्तव्य व्यक्त गरेका थिए।