प्रस, निजगढ, २४ माघ/
तपोवन सामुदायिक अध्ययन केन्द्र निजगढले शनिवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा २३८ जनाले स्वास्थ्य परीक्षण गराएको आयोजक संस्थाका अध्यक्ष मीना लामाले जानकारी दिइन्।
निजगढ नगरपालिकाको आर्थिक सहयोग र मकवानपुर सहकारी अस्पताल हेटौंडाको स्वास्थ्य प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
कार्यक्रममा  निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले मन्तव्य व्यक्त गरेका थिए।
स्वास्थ्य शिविरमा डा सुन्दरकुमार श्रेष्ठ, डा कमल दुवाडी, डा रामविद्या प्रसाद, डा आशिष् सुवेदी, डा हरिबहादुर खड्का र डा राघवेन्द्र ठाकुरले स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा निजगढ नगर स्वास्थ्य, नेपाल रेडक्रस सोसाइटी उपशाखा निजगढलगायतका सङ्घसंस्थाले सहयोग गरेका थिए।
आयोजक संस्था तपोवन सामुदायिक अध्ययन केन्द्र निजगढ र मकवानपुर सहकारी अस्पताल हेटौंडाले निश्शुल्क औषधि वितरण गरेको कार्यक्रम संयोजक कृष्णप्रसाद खरेलले जानकारी दिए। नगरपालिकाबाट संस्थाको कार्यालय व्यवस्थापन खर्चका लागि वार्षिक प्राप्त हुने रु पाँच लाख र सङ्कलित सहयोगबाट शिविर सञ्चालन गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here