प्रस, जनकपुरधाम, २२ माघ/
नेकपा प्रचण्ड–माधव समूहले बिहीवार आह्वान गरेको आम हडतालको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा प्रहरीले लाठीचार्ज, केही राउन्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ। बन्दको क्रममा प्रदर्शनकारीहरूले स्थानीय शिव चोकमा गाडीलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गर्दा झडप भएको थियो।
झडपमा प्रहरीले लाठी प्रहार गर्दा नेकपाका नेता एवं पूर्वमन्त्री रामचन्द्र झालगायत नेता तथा कार्यकर्ता घाइते भएका छन्। पूर्वमन्त्री झालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।
प्रदर्शनकारीहरूले ज.१च १५७० नम्बरको ढुवानी गाडी र ना.१क ५१२ नम्बरको प्रहरी भ्यानमा तोडफोड गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here