प्रस, वीरगंज, १९ माघ/
जिल्ला प्रहरी कार्यालय पर्साले अवैधरूपमा भण्डारण गरिएको प्लास्टिकका सामानसहित तीनजनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका–१० रानीघाटस्थित टीनको छाप्रोमा अवैधरूपमा भण्डारण गरिएको २२९० किलो प्लास्टिकका सामान बरामद गरेको हो। सो ठाउँबाट प्रहरीले ईरिक्शासहित चालक वीरगंज–२७ रामगढवा बस्ने मुकेशप्रसाद चौरसिया, भारत बिहार मल्दा बस्ने सफी कुली र ताहुल हकलाई पक्राउ गरेको जिप्रका पर्साले जनाएको छ। बरामद भएका सामान आवश्यक कारबाईको लागि वीरगंज भन्सार बुझाएको प्रहरीले जनाएको छ।