प्रस, वीरगंज, १९ माघ/
    पूर्वसांसद प्रदीप यादवले जनता आवास कार्यक्रम अन्तर्गत पर्सामा निर्माण हुन लागेका घरको शिलान्यास गरेका छन्। प्रदेश सरकारको बजेटमा सञ्चालित जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लामा निर्माण हुने घरमध्ये आज २८ वटा घरको उनले शिलान्यास गरेका हुन्।
    वीरगंज महानगरपालिका–३१ लक्ष्मीपुरमा रहेका अतिविपन्न, दलित, पिछडिएका समुदायको लागि निर्माण हुने घरको शिलान्यास गर्दै उनले जनताको समस्या समाधानको लागि प्रदेश सरकारले निरन्तर काम गरिरहेको दाबी  गरे। उनले विपक्षीले आफूले पनि काम नगर्ने र प्रदेश सरकारले गरिरहेको कामविरुद्ध पनि जनतामा भ्रम पैmलाउने कार्य गरिरहेको आरोप लगाए। पूर्वसांसद यादवले प्रदेश सरकारले अधिकार रहेको क्षेत्रको विकास र प्रवद्र्धनका लागि काम गरिरहेको दाबी गरे।
    सो अवसरमा उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर देशमा ‘कु’ गर्न लागेको आरोप लगाए। उनले नेकपाले जनतासँग विश्वासघात गरेको भन्दै सरकार असफल भएपछि जनआक्रोशबाट जोगिन संसद् विघटन गरिएको पनि बताए।
    शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमदलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here