प्रस, वीरगंज, १७ माघ/
    जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले नम्बर प्लेट स्पष्ट नभएका सवारीसाधनको नम्बर लेख्ने कार्यलाई निरन्तरता दिएको छ।
    अभियान अन्तर्गत शनिवार वीरगंज बसपार्कमा रेडियम स्टिकर पोल र सालिकमा टाँसिएको थियो। व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्की, ट्राफिकका प्रहरी निरीक्ष्Fक सुमन कार्कीलगायतले बसपार्कदेखि रजतजयन्ती चोक र घण्टाघरसम्म डिभाइडर बीचको सडकका पोलहरूमा रेडियम स्टिकर टाँसेका थिए। सवारी दुर्घटनाबाट जोगाउन ट्राफिक सङ्केत जडान गरिएको हो। कार्यक्रममा पहल संस्था, स्प्रिट क्लब माईस्थान, ग्यालेक्सी युवा क्लब पिपरा, इनपोभिङ वीरगंज, टाइगर क्लब, भोलेन्टियर टीम, सामुदायिक सेवा केन्द्र मुर्ली, मीनाबजार, स्वतन्त्र युवा क्लबलगायतको सहभागिता थियो।
    यसअघि, साताव्यापी कार्यक्रम अन्तर्गत पर्सा जिल्लाभरि सञ्चालित सवारीसाधनहरूको नम्बर प्लेट मेटिएको र त्यसलाई सच्याउने काम नगरिएकोमा एक सातादेखि ट्राफिक प्रहरी कार्यालय पर्साले नम्बर प्लेट लेख्ने अभियान शुरू गरेको ट्राफिक प्रहरी निरीक्ष्Fक सुमन कार्कीले बताए। उनले जिल्लाभरि यो अभियान एक सातादेखि जारी रहेको र हालसम्म ५ सयभन्दा बढीको सवारीसाधनमा नम्बर प्लेट लेखिएको बताए। पर्सा जिल्लामा खासगरी ट्याक्टरहरूमा नम्बर प्लेट स्पष्ट नहुने गरेको पाइएको छ। ट्याक्टरको टेलरमा नम्बर नलेख्ने र केही ट्याक्टरमा मेटिएका नम्बरलाई समेत सच्याउने नगरिएकोले ट्राफिकले पहिलो चरणमा नम्बर लेख्न थालेको र अब उपरान्त त्यस्तो गर्नेलाई कारबाई गरिने बताइएको छ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले वीरगंज महानगरमा सञ्चालित साइकलहरूमा लाइट इन्डिकेटर जडान गरेको छ। सवारी दुर्घटना न्यूनीकरणमा साइकलमा इन्डिकेटर राख्दा सघाउ पुग्छ। खासगरी हुस्सु लागेको बेला राति साइकल चलाउँदा इन्डिकेटरबाट दुर्घटना न्यूनीकरण हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here