प्रस, निजगढ, १८ माघ/
निजगढ नगरपालिका वडा नं ४ स्थित कछडिया स्वास्थ्य चौकीको स्वर्ण उत्सव शनिवार सम्पन्न भएको छ। उक्त स्वास्थ्य चौकी स्थापनाको ५०औं वर्षमा प्रवेश गरेको अवसरमा स्वर्ण उत्सव भव्यताका साथ मनाइएको हो।
प्रमुख अतिथि प्रदेशसभा सदस्य त्रिलोकी चौधरी र निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछानेले संयुक्तरूपमा कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा प्रदेशसभा सदस्य चौधरीले स्वास्थ्य चौकी स्वर्ण वर्षमा प्रवेश गरे पनि यसको भौतिक संरचना भने दिनानुदिन जीण्र्F हँुदै गइरहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराए। उनले आपूm सो क्षेत्रका प्रदेश सांसदको हैसियतले स्थानीय तह साथै केन्द्र सरकारसँग समेत साझेदारी गरेर स्वास्थ्य चौकी भवन निर्माण र आधुनिकीकरणका लागि तयार रहेको प्रतिबद्धता जाहेर गरे।
निजगढको पहिलो तथा पुरानो बस्ती कछडिया टोलमा निर्मित स्वास्थ्य चौकी भवन पनि पहिलो र पुरानो भएकोले जीर्ण अवस्थामा पुगिसकेको हुँदा सबै पक्ष मिलेर भवन बनाउन थालनी गर्ने हो भने आफ्नोतर्फबाट २० लाख रुपैयाँ आर्थिक सहयोग जुटाउने प्रदेश सांसद चौधरीले वचन दिएका छन्।
कार्यक्रममा विशिष्ट अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख लीलादेवी लामिछानेले स्वास्थ्य चौकी वर्तमान अवस्थासम्म आइपुग्दा विभिन्न आरोह– अवरोहको चर्चा गर्दै व्यवस्थापन समितिका पदाधिकारी, समाजका अगुवाका साथै स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गरिन्।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर राणा तरFईको चारकोसे झाडी जङ्गलमा शिकार खेल्दै आउने क्रममा निजगढको कछडिया बस्तीमा आइपुगेका र त्यस बेला यस बस्तीका अगुवाहरूले ऐलानी अवस्थामा रहेको यस बस्तीलाई नम्बरी बनाइदिन आग्रह गरे पछि चन्द्रशमशेरकै पालामा केही क्षेत्रफल जमीन नम्बरी बनाइदिएका थिए। यसपछि बस्ती विस्तार हुँदै निजगढ अहिलेको अवस्थासम्म आइपुगेको स्थानीय नागरिक अगुवा महेशी कुमरले कार्यक्रममा बताए।
आपूm वडाध्यक्ष भएर आएसँगै स्वास्थ्य चौकीको विकासका लागि सक्दो प्रयास गरिरहेको वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष जयराम कुमरले बताए। कार्यक्रमका सभाध्यक्षतासमेत गरेका उनले सबैभन्दा पहिलो भएर पनि पिछडिएको स्वास्थ्य चौकीको आधुनिकीकरणतर्फ तीनै तहको सरकारले ध्यान दिन आग्रह गरेका छन्। स्वर्ण जयन्ती उत्सव कार्यक्रममा भवन निर्माणका लागि जग्गादाता सोही वडाका लक्ष्मीनियादेवी धामी, संस्थापक नगिनाप्रसाद साह, स्वास्थ्य चौकीलाई विभिन्न समयमा सहयोग पु–याउने सहयोगी, स्वास्थ्यकर्मी, समाजसेवी, बुद्धिजीवीहरूलाई दोसल्ला ओढाइ सम्मानपत्रका साथ सम्मान गरिएको थियो।
कार्यक्रममा महेशी कुमर, बेनीबहादुर मोक्तान, पुरुषोत्तम धिताल, सावित्री भारती, रामप्रसाद गौतम, रमेश लामा, लक्ष्मी आचार्य, दिनेश परियार, स्वास्थ्य चौकी इन्चार्ज पासपत कँुवरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी शर्मिला बुढाथोकीले गरेकी थिइन्।