चिरञ्जीवी सापकोटा, ठोरी, १७ माघ/
    अत्यधिक चिसो बढेपछि ठोरी गाउँपालिकाका विद्यालयहरूमा जाडो बिदा दिइएको छ। आइतवारदेखि लागू हुने गरी तीन दिन बिदा दिइएको हो।
    माघ १८ देखि २० गतेसम्म जाडो बिदा दिइएको सो पालिकाका शिक्षा संयोजक भूपालकुमार जोशीले जानकारी गराएका छन्। लगातार चीसो बढ्दै जाँदा विद्यार्थीलाई समस्या हुनुका साथै विद्यालय जाने ससाना बालबालिकाहरू बिरामीसमेत हुन थालेपछि नेपाल शिक्षक महासङ्घ ठोरीले गाउँपालिकासँग बिदा प्रस्ताव राखेको थियो।
    तीन दिन जाडो बिदा दिनेमा पालिका र महासङ्घबीच समन्वय भएको शिक्षक महासङ्घ ठोरीका अध्यक्ष्F अमृत श्रेष्ठले बताए। केही दिन पहिला पनि चीसो बढ्दा सो पालिकाले तीन दिन जाडो बिदा दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here