प्रस, पोखरिया, १४ माघ/
लकडाउनपछि इलाका प्रहरी कार्यालय, पोखरियामार्फत खटेका ट्राफिक प्रहरीले सुधारात्मक कामहरू शुरू गरेको छ।
लामो समयसम्म लकडाउन भएपछि ट्राफिक व्यवस्थापन ग्रामीण क्षेत्रमा अव्यवस्थित भएको थियो। अहिले ट्राफिक प्रहरी हवल्दार गोविन्द पाण्डेको कमान्डमा एकजना ट्राफिक प्रहरीले पोखरिया क्ष्Fेत्रमा ट्राफिक सचेतना कार्यक्रम शुरू गरेर सुधारका कामहरू गरेका छन्।
यस क्षेत्रमा सवारीसाधनहरू सञ्चालन गर्दा नम्बर प्लेट मेटिएकाहरूलाई नम्बर लेख्ने, दुई पाङ्गे्र सवारीसाधनमा दुईजनाभन्दा बढी चढ्न नदिने, हेलमेट लगाउनुपर्नेजस्ता ट्राफिक नियमको पालना गराउने कार्य भएको छ। लकडाउनपछि यस्ता क्रियाकलापविरुद्ध काम भएका थिए। ट्राफिक प्रहरीले यसअघि शनिवार पोखरियामा सचेतना कार्यक्रम गरेर ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेको थियो।