प्रस, ठोरी, १४ माघ/
ठोरी गाउँपालिका–४ घ्याङडाँडामा लैङ्गिक हिंसा न्युनीकरण, मानव बेचबिखन र लागुपदार्थ दुव्र्यसनीविरूद्ध एक दिने प्रशिक्ष्Fण कार्यक्रम सम्पन्न भएको छ।
ज्ञानज्योति मावि र आशीष सामाजिक सेवा नेपालको आयोजनामा भएको कार्यक्रममा प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्ष्Fक किशोरकुमार दाहालले लागुपदार्थ दुव्र्यसनी, लैङ्गिक हिंसा र मानव बेचबिखन न्युनिकरणका विविध पक्षबारे सहभागीलाई जानकारी गराएका थिए।
प्रवउ दाहालले अपराधमुक्त समाज निर्माण गर्न र सबैखाले विकृति, विसङ्गतिलाई समाजबाट उन्मूलन गर्न प्रहरीले अभियान शुरू गरेको र सोही अनुरूप प्रशिक्षण दिइएको बताए। उनले श्रव्यदृश्यमार्फत् यी घटनाहरूको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए।
प्रवउ दाहालले अपराध न्युनिकरणमा विद्यार्थी, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाहरूको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई योविरूद्धको अभियानमा इमानदारीपूर्वक लागिपर्न सुझाए।
ज्ञानज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष्F राकेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्तिमाया थिङ, वडाध्यक्षद्वारा बईबहादुर तामाङ, सूर्य लामा, कार्यपालिका सदस्य कान्छी पाख्रिन थिङ, इप्रका ठोरीका प्रनि अशोक साह, नेकाका रामबहादुर श्रेष्ठ, नेकपाका हरि सुनार, संरक्षणकर्मी देवीप्रसाद दाहाल, टङ्कप्रसाद तिमल्सिनालगायतको सहभागिता थियो।
आशीष सामाजिक संस्था पर्साका संयोजक रोशन सुनुवारले स्वागत र शिक्षक दलबहादुर स्याङबोले सहजीकरण गरेका थिए।