प्रस, वीरगंज, १३ माघ/
भारतको ७२औं गणतन्त्र दिवसको अवसरमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले झन्डोत्तोलन कार्यक्रम गरेको छ।
कार्यक्रममा महावाणिज्यदूत नीतेश कुमारले भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतवासीको नाममा जारी गरेको सन्देश पढेर सुनाएका थिए।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले नेपाल–भारत सम्बन्ध जन–जनसँग रहेको बताए। उनले सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजानुपर्ने बताए। उनले भारतले नेपालप्रति गर्दै आएको सहयोग र देखाउँदै आएको मायालाई निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रममा प्रदेशका भौतिक विकासमन्त्री जीतेन्द्र सोनल, पूर्वसांसद प्रदीप यादव, प्रदेशसभा सदस्य करीमा बेगम, भीमा यादव, जन्नत अन्सारी, प्रदेशका महान्यायाधिवक्ता दीपेन्द्र झा, वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारालगायतको सहभागिता थियो।
Home समाचार प्रमुख समाचार भारतको गणतन्त्र दिवसमा झन्डोत्तोलन, नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुनुपर्छ –मुख्यमन्त्री