प्रस, निजगढ, १३ माघ/
सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरतासम्बन्धी तालीम मङ्गलवारदेखि निजगढमा शुरू भएको छ।
कार्यक्रममा निजगढ नगरप्रमुख सुरेशकुमार खनालले तालीमबाट उद्यमीका साथै नगरवासीलाई प्रत्यक्ष्F फाइदा पुग्ने बताए। “जहाँ आर्थिक लगानीको सुनिश्चितता हुन्छ, त्यहाँ उद्यमीहरूको आकर्षण बढ्ने र आर्थिक समृद्धिको पनि विकास अनि थालनी हुन्छ,” प्रमुख खनालको कथन थियो। कार्यक्रममा उपप्रमुख लीलादेवी लामिछानेले निजगढ विकास र आर्थिक समृद्धिलगायत हरेक दृष्टिले प्रगतिमा रहेको दाबी गर्दै स्वरोजगार हुनु नै समृद्ध नगरको सुरुआत हुने बताइन्।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपसचिव केवलीराम अधिकारीले तालीमको उपादेयताबारे बताउँदै शुभकामना दिएका थिए। अर्जुनप्रसाद भट्टराई, राज्यलक्ष्मी श्रेष्ठ र सत्यकुमार महतोले प्रशिक्षण दिइरहेको उक्त तालीम उद्घाटन कार्यक्रम ‘रिटर्निङ माइग्रेट नेपाल’का सचिव रामकृष्ण घिमिरेको अध्यक्षताका भएको हो। सङ्घीय सरकार युवा तथा खेलकूद मन्त्रालय राष्ट्रिय युवा परिषद्को  आयोजना, निजगढ नगरपालिकाको सहआयोजना, आइएलओको सहकार्य र रिटर्निङ माइग्रेट नेपालको संयोजनमा शुरू भएको तालीम एक सातासम्म चल्ने आयोजक संस्थाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here