प्रस, पंचगावाँ, १२ माघ/
मकवानपुर र धादिङमा उत्पादन भएका नयाँ गाँजा, चरेस भित्रिने क्रम शुरू भएको छ। धादिङ र मकवानपुरमा उत्पादित नयाँ गाँजा, चरेस अहिले पर्सा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन भएर मनहरी, लोथरको बाटोबाट पर्सा जिल्ला आउँदै छ भने राजमार्ग भएर पनि सोही ठाउँबाट गाँजा, चरेस पर्सा जिल्लामा ल्याउने क्रम जारी छ।
पर्सा जिल्ला गाँजाखेती मुक्त भएको एक दशक भएपनि भारतमा गाँजा र चरेसको माग बढी भएको र मूल्य पनि बढी पाउने हुनाले मकवानपुर र धादिङबाट गाँजा, चरेस आउने क्रम रोकिएको छैन। मकवानपुर र धादिङबाट गाँजा, चरेस निरन्तर आइरहेपछि यस वर्ष पर्सा जिल्लामा पनि गाँजाखेती बढेको छ। पर्सा जिल्लामा गाँजाखेती नियन्त्रण भएपनि धादिङ र मकवानपुरबाट गाँजा, चरेस आइ नै रहेको र स्थानीय सुरक्षाकर्मीले रोक्ने प्रयास पनि नगरेको कारण पर्सा जिल्लामा यस वर्ष गाँजाखेती बढेको हो। पर्सा जिल्लामा यस वर्ष लुकीछिपी गरिएको गाँजाखेतीमध्ये करीब चालीस बिघा क्षेत्रफलको गाँजाखेती पँmडानी भइसकेको छ। यस तथ्याङ्कले पर्सा जिल्लामा गाँजाखेती मौलाउँदै गएको अनुमान गरिंदै छ। धादिङ र मकवानपुरमा बढीमा प्रतिकिलो रु ५ हजारमा पाउने गाँजा पर्सा जिल्लामा आउँदा १० देखि १२ हजार रुपैयाँ पुग्ने र भारत पु–याउँदा २० हजार रुपैयाँ प्रतिकिलो पुग्ने भएकोले गाँजा तस्करीमा मानिसहरूको संलग्नता बढ्दो छ।
अहिले पर्सा जिल्लाका राष्ट्रिय निकुञ्ज र वनबाट विभिन्न ९ वटा तस्कर समूहले गाँजा ढुवानी गर्दै आएको स्रोतले जनाएको छ। यसैगरी, लोथर, मनहरिबाट हेटौंडा, अमलेखगंज, पथलैया, सिमरा, जीतपुर भएर पर्सा जिल्लाका विभिन्न स्थानमा गाँजा, चरेस पु–याउने क्रम जारी छ। पर्सा जिल्लाको हरपुर, बढनिहार, मिलनचोक, बडेर्वा, मनवा भटनी, एकटाँगा, पचरूखी, बहुदरमाई नपाको डोकैला बहुअरी, विश्रामपुर, पटनी, सखुवाप्रसौनी गापाको मधुवन मथवल, खजुरिया, सथवल, सिरही, सखुवनिया, एकडर्वा, लखनपुर, पटेर्वासुगौली गापाको रङ्गपुर, सोनवर्षा, गदियानी, बैरिया, नयाँ भाठाटोल, देकुली, पटेर्वा, फरदवा, मोडटोल, देउरिया, जगरनाथपुरमा गाँजा ल्याएर भण्डारण गरिन्छ र त्यहाँबाट भारत पु–याइन्छ।
यसैगरी, शिकारीवास, विजयबस्ती, निर्मलबस्ती, गोपीबस्ती, ब्रह्मनगर, रामनगर, सुवर्णपुर, शङ्करसरैया, शानीटोल, सोनवर्षा, बैरिया, पटेर्वा, देवरिया, मोडटोल, सिरही सथवल, खजुरिया, मनवा, भटनी, बडेर्वा, हरपुरलगायतका ठाउँमा पनि भण्डारण गर्ने र त्यहाँबाट भिस्वा, अमरपट्टि, पकाहामैनपुर, धोरे, सबैठवा, बुडगाइँ, मिर्जापुर, आसवारी, जानकीटोला, पाँडेपुर, भिखमपुर, पिडारीगुठी, सेढवा, महादेवपट्टि नाका भएर भारत लैजाने गरेको स्रोतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साले गत वर्ष गाँजा, चरेसविरुद्ध अभियान शुरू गरेर भण्डारण गरिने क्षेत्रमा छापामारी गरेको थियो। त्यसताका ठूलो परिमाणमा गाँजा, चरेस बरामद भएको थियो। अहिले एक वर्षदेखि यो अभियान सेलाएको र सुरक्षाकर्मीहरूको मिलेमतोमा तस्करी मौलाएको स्थानीयहरू बताउँछन्। जिप्रका पर्साको अपराध शाखाका प्रहरीहरूले ग्रामीण क्षेत्रका विभिन्न स्थानमा अनुगमन गरिरहेका छन् तर गाँजा, चरेस रोक्ने कार्यमा उनीहरूले चासो देखाएका छैनन्। चासो नदेखाउनुको कारण तस्करहरूसँग मिलेमतो भएको स्थानीयको आरोप छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here