प्रस, ठोरी, १० माघ/
ठोरीमा गत बिहीवारदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग देखिएकोको विवाद तत्कालका लागि समाधान भएको छ।
शनिवार नेपाली पक्ष र भारतीय एसएसबीसँग वार्ता भएसँगै हाललाई उक्त विवाद समाधान भएको नेपाली वार्ता टोलीमा सहभागी ठोरी बजार व्यवस्थापन समितिकी अध्यक्ष किरण थापाले जानकारी दिइन्। गत बिहीवार भारतको भिखनाठोरीबाट बजार गरी नेपालतर्फ आउने क्रममा एसएसबीले नेपाली महिलासहित सातजना पुरुषलाई अभद्र व्यवहार गरी कुटपिट गरेपछि नेपाली पक्ष आक्रोशित भएको थियो।
आजको वार्तामा एसएसबीले आफूहरूबाट गलती भएको र अब आइन्दा यस्ता प्रकारका गलती नदोहोरिने भनेपछि उक्त विवाद हाललाई समाधान भएको थापाले जानकारी दिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here