प्रस, वीरगंज, ६ माघ/
वीरगंज महानगरपालिकाले भोजपुरी प्रतिष्ठानको अध्यक्षमा उमाशङ्कर द्विवेदीलाई नियुक्त गरेको छ।
मङ्गलवार वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले द्विवेदीलाई नियुक्तिपत्र दिएका हुन्। वीरगंज महानगरपालिकाको भोजपुरी प्रतिष्ठान ऐन २०७६ अनुसार प्रतिष्ठान गठनका लागि ऐनको दफा ६ को उपदफा ६ को (क) बमोजिम अध्यक्षमा द्विवेदीलाई नियुक्त गरिएको नगरप्रमुख सरावगीले बताए। लामो समयदेखि भोजपुरी भाषामा कलम चलाउँदै आएका साहित्यकार एवं लेखक द्विवेदी प्रतीक दैनिकका स्तम्भकार पनि हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here