माधव तिमिल्सिना, ठोरी, ३ माघ/
पर्साको ठोरी गाउँपालिका–३ रामनगरमा शुरू गरिएको बङ्गुर फर्ममा रहेका सबै बङ्गुर शुक्रवार राति एकैपटक मरेको छ। बङ्गुर मर्नुको कारण थाहा हुन नसकेको फर्मका सञ्चालक स्थानीय सोमबहादुर थिङले बताए।
बङ्गुुर फर्ममा रहेका दुईवटा माउसहित ११ वटा बच्चा एकैपटक मरेको हो। “अघिल्लो साँझसम्म तन्दुरुस्त अवस्थामा रहेको तथा रोगको कुनै लक्षणसमेत नदेखिएका सबै बङ्गुर बिहान खोरभित्रै मरेको अवस्थामा फेला प–यो,” फर्म सञ्चालक थिङले भने। अपरिचित मान्छेले विष हालेर मारेको हुन सक्ने थिड्ढी दिदी सुमित्रा तामाङले आशङ्का व्यक्त गरिन्।
बङ्गुर फर्मबाट वातावरणीयरूपमा पीडित वा थिड्ढो उद्यमशीलताबाट जलन भएकामध्ये कसैले विष हालेको हुन सक्ने तामाड्ढो शङ्का छ। तर पीडित पक्षले किटानी दिन नसकेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।
गत कात्तिक महीनादेखि बङ्गुर फर्म शुरू गरिएको थियो। करीब ५ लाख ५० हजार रुपैयाँको लगानीमा बङ्गुरपालन शुरू गरेका थिङले बिक्री गर्न नपाउँदै सबै बङ्गुर मरेपछि लगानी डुबेको भन्दै दुःख मनाउ गरे। उनले सिन्धुपाल्चोकको मेलम्चीबाट प्रतिगोटा रु ११ हजारको दरले किनेर ल्याएको सबै बङ्गुर मरेपछि कारण पत्ता लगाइ क्षतिपूर्ति उपलब्ध गराइदिन स्थानीय नागरिक समाजका अगुवाहरूसँग हारगुहार लगाइरहेका छन्।
लामो समयदेखि काठमाडौं बस्दै आएको थिङ दम्पती आफूसँग रहेको सबै बचत रकम बोकेर बङ्गुुरपालन गर्न गाउँ फर्किएका थिए।