प्रस, वीरगंज, २३ माघ/
जनमत पार्टी, पर्साको १४औं निश्शुल्क आँखा चेकजाँच शिविर बुधवार सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुरमा सम्पन्न भएको छ ।
शिविरमा १७० जनाको आँखा चेकजाँच गरिएकामा ६८ जनामा मोतीबिन्दु देखिएको र उनीहरूको वीरगंज सामुदायिक आँखा तथा दाँत उपचार केन्द्रमा निश्शुल्क शल्यक्रिया हुने जनमत पार्टी, सखुवाप्रसौनीका अध्यक्ष देवेन्द्र रवानीले बताए ।
कार्यक्रममा वडा एकाइ अध्यक्ष जयभोले, अमरनाथसिंह राठौर, रूक्साना खातुनलगायतको सहभागिता थियो ।