रामुपाले फागुन १ गतेदेखि विरोध प्रदर्शन गर्ने

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २३ माघ/
राष्ट्रिय मुक्ति पार्टी नेपालका संयोजक राजेश साहको अध्यक्षतामा बुधवार बसेको बैठकले फागुन १ गतेदेखि विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सो पार्टीको आज बसेको पहिलो बैठकले पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले माग सुनवाइ नगरेको भन्दै आगामी फागुन १ गतेदेखि विरोध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य निजामुद्दीन समानीले बताए ।

उनले गत कात्तिक ५ गते नगरप्रमुख चौहानलाई बुझाएको ज्ञापनपत्रमा सम्पत्तिकर फिर्ता गर्नुपर्ने, कर्मचारीलाई समयमा तलब दिनुपर्ने, नपा कार्यालयमा भइरहेको अनियमितता बन्द गर्नुपर्नेलगायतका माग अहिलेसम्म सम्बोधन नभएको बताए । बैठकमा अनिरुद्ध कलवार, रेखा घिमिरेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।