मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गर्न आग्रह

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

रौतहट, २३ माघ/रासस
रौतहटको मौलापुरमा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौं ‘मधानी महोत्सव’ हुने भएको छ ।

बुधवार पत्रकार सम्मेलन गरी मौलापुरमा रहेको पुराताŒिवक महŒवको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा स्थानीय पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको मौलापुर नगरपालिकाले जनाएको छ ।

धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले बताइन् ।

महोत्सवको अवसरमा स्वदेश तथा भारतका चर्चित कलाकारको सहभागितामा मधानी विशेष नाचसहित सांस्कृतिक समारोह, खेलकूदलगायतका गतिविधि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । मधानी महोत्सव आयोजना गर्न यस वर्ष नगरपालिकाले रु ८७ लाख विनियोजन गरेको प्रमुख कार्यकारी अधिकृत रामबाबू साहले जानकारी दिए ।

नगरप्रमुख साहले ऐतिहासिक एवं पुराताŒिवक महŒवको मौलापुरस्थित महादेव मन्दिर नेपाल सरकारको सयवटा प्रमुख गन्तव्यभित्र पर्ने भएकाले विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरिन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।