भारतको दिल्लीमा विधानसभा मतदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नयाँ दिल्ली, २३ माघ/एएफपी
भारतको राजधानी प्रान्त दिल्लीमा बुधवार विधानसभा निर्वाचन शुरू भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) आफ्नो प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकका अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप)को शासन रहेको छ ।

केजरीवाल एक दशक अघि भ्रष्टाचारविरोधी अभियानकर्ताका रूपमा सत्तामा आएका थिए र उनको प्रतिष्ठाले उनलाई मोदीका प्रमुख प्रतिद्वन्द्वीहरूमध्ये एकको भूमिका प्रदान गरेको छ ।

राजधानीका लाखौं गरीब बासिन्दालाई पानी र बिजुली अनुदान दिएर उनको लोकप्रियता बढेको छ । तर सर्वोच्च अदालतले जमानत दिनु अघि उनको पार्टीले पार्टीका धेरै साथी नेताहरूसँगै मदिरा इजाजतपत्रको बदलामा घूस लिएको आरोपमा उनले गत वर्ष धेरै महीना जेलमा बिताएका थिए ।

भाजपाले बुधवारको मतदान अघिका हप्ताहरूमा जोशपूर्ण प्रचार गर्दा भ्रष्टाचारका आरोपहरू नियमितरूपमा उठायो । प्रचारका क्रममा मोदी स्वयंले धेरै ¥यालीहरूको नेतृत्व गरे ।

केजरीवालले गलत काम गरेको अस्वीकार गरेका छन् र आरोप मोदी सरकारद्वारा राजनीतिक दुर्भावनापूर्ण कारबाई भनी बताएका छन् । आप नेताले पनि दुर्लभ तेस्रो कार्यकाल जित्ने विश्वास व्यक्त गरेका छन् ।

तर शनिवार नतीजा घोषणा हुँदा आप अग्रस्थानमा आए पनि केजरीवाल मुख्यमन्त्रीको शीर्ष पदका लागि योग्य नहुन सक्नेछन् ।

सर्वोच्च अदालतले जमानत आदेशमा उनलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर गर्न वा कार्यालय जान प्रतिबन्ध लगाएको थियो । जसका कारण उनी रिहा भएको केही दिनभित्रै राजीनामा दिन बाध्य भए ।

त्यस समयमा केजरीवालले पुनः चुनाव जितेपछि र दिल्लीका जनताबाट ‘इमानदारीको प्रमाणपत्र’ प्राप्त गरेपछि मुख्यमन्त्रीका रूपमा फर्कने बताएका थिए ।

उनका सहयोगी आतिशीले केजरीवाल मुख्यमन्त्री बन्न कुनै कानूनी बाधा नरहेको बताएका छन् । केजरीवालले राजीनामा दिएपछि आतिशीलाई जिम्मेवारी सुम्पेका थिए ।

“कानूनीरूपमा यो स्पष्ट छ कि चुनाव लड्न सक्ने जो कोही मुख्यमन्त्री बन्न योग्य छ”–एउटा मात्र नाम प्रयोग गर्ने आतिशीले हिन्दुस्तान टाइम्स अखबारलाई बताए । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।