नयाँ दिल्ली, २३ माघ/एएनआई
प्रधानमन्त्री नरेन्द्र मोदी बुधवार जारी महाकुम्भ २०२५ मा त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तर प्रदेशको प्रयागराज पुगेका छन् ।
प्रधानमन्त्रीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग यमुना नदीमा डुङ्गा यात्रा गरे । प्रधानमन्त्रीले सङ्गममा पवित्र स्नान गर्नुका साथै गङ्गा–पूजा पनि गर्नेछन् ।
पौष पूर्णिमा (सन् २०२५ जनवरी १३) देखि शुरू भएको महाकुम्भ–२०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक समागम हो । महाकुम्भले विश्वभरका भक्तजनलाई आकर्षित गर्दछ । महाकुम्भ फेब्रुअरी २६ महाशिवरात्रिसम्म जारी रहनेछ ।
भारतको आध्यात्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन र संरक्षण गर्ने आप्mनो प्रतिबद्धताअनुरूप प्रधानमन्त्री मोदीले तीर्थस्थलहरूमा पूर्वाधार र सुविधाहरू बढाउन निरन्तर सक्रिय कदम चालेका छन् ।
यस अघि सन् २०२४ डिसेम्बर १३ मा प्रयागराज भ्रमणका क्रममा प्रधानमन्त्रीले आम जनताका लागि सम्पर्क, सुविधा र सेवा सुधार गर्ने रु ५५ अर्ब मूल्यका १६७ विकास परियोजनाको उद्घाटन गरेका थिए ।
यसैबीच, स्थानीय समय अनुसार बुधवार बिहान ८ बजेसम्म गङ्गा, यमुना र रहस्यमयी सरस्वतीको सङ्गममा ३७ लाख ४८ हजारभन्दा बढी भक्तजनले पवित्र स्नान गरेका छन् । यसले विशाल धार्मिक समागमको गहिरो आध्यात्मिक उत्साह बढाएको छ ।
यसमा दिव्य आशीर्वाद प्राप्त गर्न बिहानै आइपुगेका १० लाखभन्दा बढी कल्पवासी र २७ लाख ४८ हजार तीर्थयात्री समावेश छन् ।
उत्तर प्रदेश सरकारको तथ्याङ्क अनुसार महाकुम्भ शुरू भएदेखि फेब्रुअरी ४ सम्म स्नान गर्नेहरूको कुल सङ्ख्या ३८ करोड २० लाख नाघेको छ । यसले यस कार्यक्रमको अतुलनीय आध्यात्मिक र सांस्कृतिक महŒव दर्शाउँछ ।
यस अघि मङ्गलवार भूटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले महाकुम्भ–२०२५ का लागि प्रयागराजको भ्रमणका क्रममा विभिन्न महŒवपूर्ण आध्यात्मिक गतिविधिमा भाग लिएका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै दुई नेताले लेटे हनुमान मन्दिरमा पूजा गरे र डिजिटल महाकुम्भ अनुभव केन्द्रको भ्रमण गरे । रासस