प्रस, वीरगंज, १ माघ/
माघी खिचडी र माघे सङ्क्रान्तिको अवसरमा बिहीवार पर्सा जिल्लाका तीन स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा १८ जना महिलासहित १६८ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए।
माघी मूल समारोह समिति पर्सा, बारा र रौतहटले वीरगंजको स्वीमिङपुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४ जना महिलासहित ६८ जनाले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेयले बताए। रक्तदान कार्यक्रममा सुषमा गिरी, श्वेता क्षेत्री, सञ्जय ठाकुर, आकाश चौधरी, सुरेश चौधरी, आदित्य दास, रोशन थारू, विकास कर्ण, प्रदीप दहितलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।
यसैगरी, पर्सागढी नगरपालिकामा थारू एक समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ४१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख पाण्डेयले बताए।
कार्यक्रममा चन्द्रकिशोर चौधरी, देवी तामाङ, विभा चौधरी, सुजन दहित, सुनील गौरो, सन्दीप दासलगायतले रक्तदान गरेका थिए।
यसैगरी, जीराभवानी गापा–४ सढीटोलमा आयोजित रक्तदान कार्यक्रममा १० जना महिलासहित ५९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए। कार्यक्रममा मीना देवी, रेणु देवी, हरिस्वा कुमारी, पसपतिया देवी, चन्द्रिका देवी, रामराज गौरो, पुष्पा चौधरी, मञ्जुदेवी थरुनी, बिना कुमारी, ममता चौधरीलगायतले रक्तदान गरेको केन्द्रका प्राविधिक झाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here