प्रस, पर्सागढी, १ माघ/
सबैया साझेदारी वन व्यवस्थापन समूहको भवन निर्माणका लागि बिहीवार शिलान्यास गरिएको छ।
सबैया साझेदारी वन व्यवस्थापन समूह २ नं प्रदेशका निर्देशक जगरनाथ जयसवाल र पर्साका संयोजक लखनलाल साहले संयुक्तरूपमा भवन शिलान्यास गरेका थिए। समूहका पर्सा संयोजक साहले चालू आवमा स्वीकृति २२ लाख रुपैयाँको लागतमा निर्माण हुने भवनको पिपी कन्स्ट्रक्शनले जिम्मा पाएको र आगामी वैशाखसम्म भवन तयारी गरेर दिने सम्झौता भएको बताए।
शिलान्यास कार्यक्रममा सबैया साझेदारी वन व्यवस्थापन महासङ्घका पूर्वअध्यक्ष रामरूप कुर्मी, सल्लाहकार सत्यनारायण दास थारू, डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँ, आचार्य वीरेन्द्र तिवारीलगायतको सहभागिता थियो।