प्रस, वीरगंज, २९ पुस/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले ईरिक्शा, अटोरिक्शालाई व्यवस्थित गर्ने अभियान शुरू गरेको छ। वीरगंज महानगरमा सञ्चालित ईरिक्शाहरू महानगरमा दर्ता नगरिएको, सवारीचालक अनुमतिपत्र नभएको, सवारीधनीपत्र नभएको र तोकिएको रूट अनुसार सञ्चालित नभएको गुनासोको आधारमा ट्राफिकले यसविरुद्ध अभियान शुरू गरेको हो।
पहिलो चरणमा पचासभन्दा बढी तोकिएको सिट सङ्ख्यामा थप गरेर सञ्चालित ईरिक्शा, अटोलाई कारबाई भएको थियो। उनीहरूले फिट गरेको सिट कटिङ गरेर तोकिए अनुसारको सिट सङ्ख्यामा सञ्चालन गर्न लगाइएको ट्राफिक प्रहरी निरीक्ष्Fक सुमन कार्कीले बताए।
यसैगरी, बुधवार वीरगंज महानगरपालिकामा दर्ता नभएका र तोकिएको रूटमा सञ्चालनमा नरहेका १५ वटा ईरिक्शालाई कारबाई गरिएको उनले बताए। लकडाउनपछि वीरगंजमा ईरिक्शाको सञ्चालन अव्यवस्थित हुँदै गएको थियो। अहिले ट्राफिकले सवारीचालक, सवारीधनी कागजात नियमितरूपमा चेकजाँच गर्दै आएको प्रनि कार्कीले बताए।
यसैगरी, ईरिक्शा, अटोरिक्शा सङ्घहरूसँग बैठक गरेर नियमपूर्वक दर्ता भएका र तोकिएको रूटमा मात्र सञ्चालनका लागि समयावधि दिइएको बताए। उनले अबका दिनमा ईरिक्शाहरूले पूर्ववत्रूपमा रूट अनुसारको स्टिकरको प्रयोग गर्नुपर्ने, निर्धारित भाडादर टाँस्नुपर्ने जस्ता कार्यहरू गरेर ईरिक्शा सञ्चालन गर्नुपर्ने मापदण्ड बनाइएको बताए।
वीरगंज महानगरपालिकामा ईरिक्शा, अटोरिक्शा सञ्चालनको लागि यसअघि दिइएका १० वटा रूटमा मात्र सञ्चालन गर्नेगरी सङ्घहरूलाई निर्देशन गरिएको र सोविपरीत भएमा कारबाई प्रक्रिया अगाडि बढाउने प्रनि कार्कीले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here