प्रस, वीरगंज, २८ साउन/
पर्साका १४ वटा स्थानीय तहमध्ये १२ वटाले आइसोलेशन तयार गरे पनि दुईवटा स्थानीय तहले आइसोलेशन बनाउन सकेका छैनन् । दुईवटामा एउटा धोबिनी गाउँपालिका पनि हो ।

धोबिनीमा तीन दिनअघि तीनजना सङ्क्रमित फेला परेका थिए । उनीहरूलाई अहिलेसम्म व्यवस्थापन गरिएको छैन । गापाले आइसोलेशन नबनाएकोले सङ्क्रमितहरू घरमैं छन् । उनीहरूलाई स्वास्थ्य सतर्कताको बारेमा कसैले जानकारी गराएको छैन ।

सङ्क्रमितहरूलाई आइसोलेशनमा राख्ने पहल नभएकोले गाउँमा त्रासको वातावरण रहेको पूर्ववडाध्यक्ष बुनिलाल कुर्मी बताउँछन् । सङ्क्रमितहरूको घरमा आवतजावतमा रोक लगाएर अहिले सङ्क्रमण रोकथामको उपाय गरिएको उनले बताए । वडाध्यक्ष राजकिशोर कुर्मीले आइसोलेशन सञ्चालनको तयारी भएको बताएका छन् ।
गापा अध्यक्ष सुरेश कुर्मीले पोखरियाको आइसोलेशनमा राख्ने प्रयास गरेको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए ।

गापाका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियार आपैंm सङ्क्रमित भएका छन् । उनी आफू घरमा आइसोलेट भएको र सो गापाको वडा नं २ स्थित भिखमपुर माविमा आइसोलेशन बनाउने काम भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here