आर्टिजन धाराको प्रयोगमा पालिकाहरू लापरवाह

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रमोद यादव, पंचगावाँ, १० पुस/
पर्सा जिल्लाको गण्डक नहरदेखि उत्तरतर्पmको थरुहट क्षेत्रमा आर्टिजन धाराको प्रयोग बढ्दो छ । ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिका तथा वीरगंज महानगरपालिकाका वडा नं ३१ र ३२ मा आर्टिजन धाराको प्रयोग हुन्छ ।

जङ्गल क्ष्Fेत्रसँग जोडिएका बस्तीमा सय फिटमा आर्टिजन धाराबाट शुद्ध पानी प्रवाह हुन्छ र यो पानी सिंचाइका साथै घरायसी काममा पनि प्रयोग गरिन्छ । शहरी क्षेत्रमा अहिले प्रयोगमा आएको प्रशोधित पानीभन्दा आर्टिजन धाराको पानी स्वस्थकर हुने गरेको पाइएको छ । पटेर्वासुगौली गापा–४ का कन्हैया यादवले सिंचाइका साथै घरायसी प्रयोगमा पनि आर्टिजन धाराको प्रयोग भइरहेको बताए ।

जङ्गल क्षेत्रमा सय फिट र सोभन्दा बाहिरी बस्ती क्ष्Fेत्रमा १५० फिटमा आर्टिजन धाराबाट पानी आउने गरेको र यसको प्रयोग पर्सा जिल्लाको थरुहट क्षेत्रमा अत्यधिक मात्रामा हुने गरेको छ । यो धाराको प्रयोगमा अहिले पालिकाहरूले ध्यान नदिंदा दुरुपयोग भइरहेको छ । आर्टिजन धारामा चेक भल्बका साथै नलको प्रयोग नहुँदा पानीको दुरुपयोग भइरहेको छ । गर्मीयाममा पछिल्लो दुई वर्षदेखि चैतदेखि जेठसम्म आर्टिजन धारा पनि सुक्ने गरेको छ ।

थरुहट क्षेत्रका ६० प्रतिशत आर्टिजन धारा चैतदेखि जेठसम्म सुक्छन् र असारमा पानी परेपछि पुनः सुचारु हुन्छन् । यसलाई व्यवस्थित गर्न पालिकाहरूले ध्यान दिएका छैनन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।