सडक ढलानको शिलान्यास

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

धर्मेन्द्र चौरसिया, ठोरी, २६ मङ्सिर/

ठोरी गाउँपालिका–५ सुवर्णपुर, छिरिङ टोलदेखि उत्तरी भेग क्षत्रीलाइन जाने सडक ढलान निर्माण कार्यको गापा अध्यक्ष्F लालबहादुर श्रेष्ठले शिलान्यास गरेका छन्। 

विगत लामो समयदेखि बन्न नसकेको सो सडक ढलान हुँदा सो भेगका स्थानीय खुशी भएका छन्। वर्षायाममा हिलाम्य हुने सो सडक ढलान भएपछि आवतजावत सहज हुने अध्यक्ष श्रेष्ठले बताए। 

सडक ढलान भएपछि एक गाउँबाट अर्काे गाउँ जान–आउन सहज हुने स्थानीयले बताए। पालिकाको रु १० लाखको लागतमा १०० मिटर लम्बाइ र १३ फिट चौडाइ सडक ढलान हुने अध्यक्ष श्रेष्ठले बताए। शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पालिकाका कर्मचारीलगायतको सहभागिता थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।