प्रस, परवानीपुर, २३ पुस/
ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजका क्याम्पसप्रमुख डा राजदेवप्रसाद कुशवाहाको गएराति ११ बजे निधन भएको छ।
काठमाडौंको नर्भिक हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको परिवारजनले बताएका छन्।
कमलपित्त रोगले ग्रसित त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका डा कुशवाहाको स्वास्थ्य अवस्थामा सुधार नहँुदा उपचारको क्रममा निधन भएको हो। ५१ वर्षीय क्याम्पसप्रमुख डा कुशवाहा विज्ञान सङ्कायमा गणित विषयका अध्यापक थिए। २१ वर्षको अध्यापनको अनुभव सँगालेका क्याम्पसप्रमुख डा कुशवाहा वीरगंज महानगर वडा नं २७ उदयपुरघुर्मीको कोहडी टोलका स्थायी बासिन्दा थिए। उनी हाल वीरगंज–१० श्रीपुरमा बस्दै आएका थिए। वीरगंजमा कोरोना महामारी तीव्र भएकै बेला ५ महीनाअघि उनी ठाकुर राम बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारी पाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here