सम्पदा संरक्षणबारे तीन दिने अभिमुखीकरण

0
15

रामेश्वर मेहता, सिम्रौनगढ, १५ मङ्सिर/
सिम्रौनगढ क्षेत्रको सम्पदा संरक्षणमा आधारित तीन दिने अभिमुखीकरण कार्यक्रम शनिवार सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढ बजारस्थित उद्योग वाणिज्य सङ्घ सिम्रौनगढको सभाहलमा शुरू भएको छ ।

पुरातŒव विभागकी महानिर्देशक सौभाग्या प्रधानाङ्गको अध्यक्षतामा शुरू भएको तीन दिने अभिमुखीकरण कार्यक्रमको प्रदेशसभा सदस्य राजपति देवीले उद्घाटन गरेकी थिइन् । देशभर रहेका पुराताŒिवक सम्पदाको संरक्षण र त्यसमा स्थानीय तहको भूमिकाबारे सहभागीहरूलाई प्रशिक्षण दिने कार्यतालिका छ ।

कार्यक्रमको उद्घाटन सत्रमा नगरप्रमुख किशोरीप्रसाद कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवाल, वरिष्ठ पुरातŒवविद् देवेन्द्रनाथ तिवारी, प्रमुख पुरातŒव अधिकृत रामबहादुर कुँवरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ सिम्रौनगढका अध्यक्ष लालबाबूप्रसाद कुशवाहा, सिम्रौनगढ क्षेत्र पर्यटन विभागका पूर्वअध्यक्ष श्यामकिशोर यादव, स्थानीय समाजसेवी शेख मोतिमसहित वडाध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

प्रमुख पुरातŒव अधिकृत कुँवरले स्वागत र मञ्जु थापाले सहजीकरण गरेका थिए । उद्घाटन सत्रपछि सहभागीहरूलाई पुरातŒव विभागको टोलीले उत्खनन गरिएका स्थानमा भेटिएका वास्तु अवशेष, माटाका खेलौना, पूजा सामग्री, हण्डी, कोइला, खपडालगायतका वस्तुहरूको अवलोकन गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here