सवारीकर विवादमा अन्तरिम आदेश यथावत्

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १४ मङ्सिर/
उच्च अदालत जनकपुरको वीरगंज इजलासले सवारीकर सम्बन्धमा यही मङ्सिर १७ गते पेसी तोकेको छ ।

गृह मन्त्रालयको आदेशमा जिल्ला प्रशासन कार्यालय, पर्साले सवारीकर ढाट राखेर सञ्चालनमा अवरोध गरेको थियो । सोविरुद्ध दीपकुमार वर्माले उच्चमा रिट दिएका थिए र न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र तेजप्रकाश आचार्यको संयुक्त इजलासले मङ्सिर ६ गते अन्तरिम आदेश जारी गरेको थियो ।

अन्तरिम आदेशबारेमा हिजो १३ गते वीरगंज महानगरपालिकाले सम्झौताको सक्कल फाइल प्रस्तुत नगरेकोले अन्तरिम आदेशलाई कायम राख्दै संयुक्त इजलासले मङ्सिर १७ गते पेसी तोकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।