पाँचवटा नर्सिङ कलेजलाई मान्यता, वीरगंजमा दुईवटा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १४ मङ्सिर/
नेपाल सरकारले चिकित्सा शिक्षासम्बन्धी प्रवीणता प्रमाणपत्र तह अध्यापनका लागि देशभरिमा पाँचवटा नर्सिङ कलेजलाई मान्यता दिएको छ ।

पाँचमध्ये कोशीमा तीनवटा तथा मधेसमा दुईवटा नर्सिङ कलेजलाई यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्न अनुमति दिइएको छ । मधेस प्रदेश अन्तर्गत वीरगंजमा रहेको वीरगंज हेल्थकेयर मेडिकल कलेज तथा बाराको परवानीपुर–६ मा रहेको ज्ञानवाटिका इन्स्टिच्युट अफ टेक्लोनोजी एन्ड साइन्स प्रालिले यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ, डिप्लोमा इन फार्मेसी तथा स्वास्थ्य तथा सामान्य चिकित्सा शिक्षाको अध्ययन हुने बिएचसी मेडिकल कलेजका अध्यक्ष डा अबुलहैस अन्सारीले जानकारी दिए ।

डा अन्सारीका अनुसार चालू शैक्षिक सत्रदेखि तीनैवटा विषयमा भर्ना लिने र चाँडै कक्षा सञ्चालन हुने बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को २०८१ साउन २२ गतेको बैठकको सिफारिश तथा २०८१ मङ्सिर ९ मा प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा बसेको परिषद्को १५औं बैठकले शैक्षिक सत्र २०८१/८२ देखि कक्षा सञ्चालन गर्ने अनुमति दिएको डा अन्सारीले बताए । सो बैठकले अन्य ३९ वटा कलेजमा थप सेवा बिस्तार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।