प्रस, रौतहट, २२ पुस/
प्रदेश नं २ का कृषिराज्यमन्त्री योगेन्द्रराय यादवले परम्परागतरूपमा गर्दै आएको खेतीलाई त्यागी आधुनिक खेतीतर्फ उन्मुख हुन किसानलाई सुझाव दिए। युवा रोजगार लक्षित कृषि व्यवसाय प्राविधिक सीप अभिवृद्धि क्षमता तालीम अन्तर्गत जिल्लास्तरीय सीपमूलक तरकारी तथा फलफूल वितरणसम्बन्धी तीन दिने तालीमको समापन गर्दै आयआर्जन हुने खेती गर्न मन्त्री यादवले सुझाव दिए।
परम्परागत खेतीमा आफूलाई चाहिने जति अन्न उब्जाएर बाँकी खेती बाझो राख्ने चलनलाई त्यागी आयआर्जनका लागि आधुनिक खेती गर्न प्रदेश नं २ सरकारले अनुदानको व्यवस्था गरेको बताए। किसानहरूको लागि विभिन्न तालीम सञ्चालन हुने समेत मन्त्री यादवले बताए।
तालीममा विभिन्न स्थानीय निकायबाट छनोट भइआएका कृषकलाई सहभागी गराइएकोले मन्त्री यादवले खुशी व्यक्त गरे। २५ वटा कृषकलाई सहभागी गराइ तीन दिनसम्म खेतीका प्रक्रियाबारे प्रशिक्षण दिएको कृषि ज्ञान केन्द्रका प्रमुख चन्द्रभूषण झाले बताए।
कार्यक्रममा मन्त्री यादवले सहभागी कृषकलाई प्रमाणपत्र दिंदै कृषकसँग तालीमबारे सोधपूछ गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here