प्रस, सिम्रौनगढ, २१ पुस/
सिम्रौनगढ क्रिकेट प्रतियोगिताको उपाधि सिम्रौनगढ क्रिकेट क्लबले जितेको छ।
फूलबारी खेल मैदानमा मङ्गलवार भएको फाइनल खेलमा वीरगंज क्रिकेट क्लबलाई पराजित गर्दै सिम्रौनगढले उपाधि जितेको हो।
फाइनलमा टस जितेर वीरगंजले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १०४ रन बनाएको थियो। प्रतिउत्तरमा सिम्रौनगढले ८ विकेटको क्षतिमा १८.३ ओभरमा लक्ष्य हासिल गरी उपाधि जितेको हो।
फाइनल खेलको म्यान अफ दि म्याच सिम्रौनगढका दीलिप कुमार घोषित भए। समापन समारोहका प्रमुख अतिथि नगरप्रमुख विजयशङ्कर यादवले विजयी र उपविजयी क्लबलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए। सो अवसरमा उनले खेल जीवनको सफल अभ्यास भएको बताए। उनले जीवनमा सफलताको लागि खेल महत्वपूर्ण भएको बताउँदै उनले नगरमा खेलको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे।
वडाध्यक्ष शङ्कर साह कानुको अध्यक्षतामा भएको समापन समारोहमा भोजपुरी भाषाका साहित्यकार महेन्द्र कुशवाहा, शिक्षक नुराजम सिद्दीकी, समाजसेवी नागेन्द्र महतो नुनिया, वडाध्यक्ष रमेश कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here