प्रस, वीरगंज, २१ कात्तिक/
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्ष्Fा र स्वास्थ्यको गुणस्तरमा सम्झौता नगरिने बताएका छन् ।
जगतपुरमा टैरीमाई युवा क्लबद्वारा बुधवार आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले शिक्ष्Fा र स्वास्थ्य दुवै क्ष्Fेत्रमा गुणस्तरीयता कायम गर्दै क्षमता बढाउनेतर्पm सबैको ध्यान केन्द्रित हुनुपर्ने कुरामा जोड दिए । उनले यस सन्दर्भमा नयाँ संस्था खोल्नेभन्दा पनि भएका शिक्ष्Fा संस्थाहरूको क्षमता वृद्धि गर्दा कम खर्च हुने सुझाव दिए ।
उनले नेपालमा उत्पादित जनशक्तिले विदेशमा प्रतिस्पर्धा गर्न सक्ने, क्षमतावान हुनुपर्नेतर्पm पनि ध्यान दिनुपर्ने जिकिर गरे । विगत आठ वर्षदेखि टैरीमाई क्लबले शिक्ष्Fा क्ष्Fेत्रमा थुप्रै राम्रो काम गरेको उनले बताए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई शिक्ष्Fकहरूले पढाउने गरे पनि अभिभावकहरूले पनि घरघरमा गएर शिक्ष्Fा दिनुपर्ने उनले बताए । मन्त्री गुप्ताले उपलब्ध साधन स्रोतबाट अधिकतम उपलब्धि हासिल गर्नेतर्पm शैक्षिक क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रूबी ठाकुर, पूर्व नगरप्रमुख दीपनारायण रौनियारलगायतको सहभागिता थियो ।