प्रस, वीरगंज, २१ कात्तिक/
विश्व हिन्दु परिषद् नेपालले बुधवार बहुदरमाई नगरपालिका–८ बहुदरमाईमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए ।
छठको अवसरमा आयोजित रक्तदानमा आदित्य साह, दीपेन्द्र पटेल, अमिर शर्मा, आकाश पटेल, राजीव आलम, प्रदीप साह, सन्दीप यादवलगायतले रक्तदान गरेका थिए ।