समृद्ध कपको उपाधि समृद्ध क्लबले जित्यो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ कात्तिक/
बारा जिल्लाको कोल्हबी नगरपालिका–३ जुअवामा सम्पन्न प्रथम समृद्ध कपको उपाधि आयोजक समृद्ध नेपाल क्लबले जितेको छ ।

मङ्गलवार साँझ भएको फाइनल प्रतियोगितामा आयोजक समृद्ध नेपाल क्लब जुअवाले त्रिशूल युवा क्लब बकुलियालाई एकविरूद्ध तीन गोल गरी उपाधि जितेको हो । उपाधि जितेसँगै सो क्लबले नगद रू ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बकुलियाले २० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । फाइनल प्रतियोगिताको म्यान अफ दि म्याच समृद्ध नेपालका सागर चौधरी घोषित भए ।

उनीहरूलाई नगरप्रमुख रामप्रसाद चौधरीले नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । क्लबका अध्यक्ष नागमणि चौधरीको अध्यक्ष्Fतामा भएको समापन कार्यक्रममा उपप्रमुख लक्ष्मीकुमारी चौधरी, वडाध्यक्ष्F किसुनदयाल चौधरी, विष्णु मैनालीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण प्रेमनारायण चौधरीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस