प्रस, सिम्रौनगढ, २० कात्तिक/
पचरौता नगरपालिका–७ बेनौलीमा यही २४ र २५ गते लाग्ने महाबिरी झन्डा मेला सम्बन्धमा सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
नगरप्रमुख जालन्धर सिंहले बेनौलीमा वर्षौदेखि महाबिरी झन्डा मेला लाग्दै आएको र यस वर्ष पनि लाग्ने र त्यसको तयारी भइरहेको बताए । उनले महाबिरी झन्डा मेलामा सुरक्ष्Fा व्यवस्था चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायसँग छलफल भएको भन्दै गत वर्ष लागेको मेलाबारे पत्रकार सम्मेलनमार्पmत जानकारी गराएका थिए ।
गत वर्ष लागेको मेलामा दोहोरो झडप भएको र सो क्रममा १८ राउन्ड हवाइ फायर पनि गर्नुपरेको भन्दै सो कुरालाई दृष्टिगत गरेर यसपटक राजनीतिक दलका प्रतिनिधि, अगुवा, भद्रभलादमी र मेला समितिसँग जिल्ला प्रशासन कार्यालय, कलैयामा बैठक बसी वडा कार्यालयको संयोजनमा मेला लगाउने सहमति भएको बताए । उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम मेला र सांस्कृतिक कार्यक्रम स्थानीय सरकारको अधिकार क्ष्Fेत्रभित्र रहेको र कानूनबमोजिम वडा कार्यालयको सिफारिशमा मेला समिति गठन भएको र यस सम्बन्धमा कारबाइ अगाडि बढेको बताए ।
उनले यसपटक पनि मेला अनियमित पार्ने तरीकाले एक समूहले सोही दिन मेला लगाउन अर्को समिति पनि गठन गरेको बुझिन आएको भन्दै सो समिति आधिकारिक नभएको बताए ।
उनले कात्तिक १२ गतेको निर्णय अनुसार छठको भोलिपल्टदेखि बेनौली–७ मा मेला लगाउने र सो भिखना पोखरीको डिलमा लाग्ने निर्णय भएको बताए । यसबाहेक नगरपालिका क्ष्Fेत्रभित्र अन्य कुनै पनि मेला लाग्न नसक्ने भन्दै सो दिन सुरक्ष्Fा व्यवस्था मिलाउन सम्बन्धित निकायमा पत्राचार भइसकेको बताए ।