पर्साको ग्रामीण क्षेत्रमा पाँच दिनमा सातजनाको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, २० कात्तिक/
पर्साको ग्रामीण क्ष्Fेत्रमा दीपावली बिदाको पाँच दिनमा सातजनाको मृत्यु भएको छ ।

चारजनाले झुन्डिएर आत्महत्या गरेका थिए भने एकजना डुबेर मरेको, एकजनाको सवारी दुर्घटनाबाट मृत्यु भएको हो । कात्तिक १५ गते छिपहरमाई गाउँपालिका–५ निवासी १६ वर्षीय मुन्नी खातुनले झुन्डिएर आत्महत्या गरिन् । भोलिपल्ट बहुदरमाई नपा–८ रामनगरी निवासी १४ वर्षीया इसरत खातुनले पनि झुन्डिएर आत्महत्या गरिन् । १७ गते सोही ठाउँ निवासी १७ वर्षीया निजमा सहनीको डुबेर मृत्यु भयो । सहनी डुबेर मरेको भनिए पनि गाउँघरमा आत्महत्या गरेको कुराले चर्चा पाएको छ ।

कात्तिक १८ गते पकाहामैनपुर गापा–१ धोरे निवासी १५ वर्षीया तमन्ना खातुनले पनि झुन्डिएर आत्महत्या गरिन् । कात्तिक १७ गते बहुदरमाई नपा–८ रामनगरीका एकबाल चौधरीको सवारी दुर्घटनामा मृत्यु भयो भने कात्तिक १९ गते धोबिनी गाउँपालिका–२ भिखमपुरमा रुक्साना खातुनले सोमवार दिउँसो आत्महत्या गरिन् ।

प्रहरीले जनाए अनुसार खातुनले घरमा कोठा बन्द गरेर पासो लगाएर आत्महत्या गरेकी हुन् । घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।