प्रस, वीरगंज, २० कात्तिक/
सर्लाही प्रहरीले हतियारसहित दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ ।
सर्लाही जिल्ला गोडैता नगरपालिका–१२ बाट नलकटुवा पेस्तोल एक थान, १० राउन्ड गोली र नेरु एक हजारको २० थान नोटमा कागजको बन्डल बनाइएको अवस्थामा खोटा मुद्रासहित दुईजनालाई पक्राउ गरिएको जिप्रका, सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा भारत, सीतामढीका २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन् । उनीहरू भारतको मेजरगंजबाट नेपालको मधुवनी गाउँ आउने क्रममा प्रहरीले चेकजाँच गर्दा निजहरूबाट सो हतियार र खोटा मुद्रा बरामद भएको थियो ।
दुवै पैदल नेपालतर्पm आइरहेका थिए र उनीहरूलाई प्रहरीले अदालतमा हाजीर गराई सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।