प्रस, परवानीपुर, १९ कात्तिक/
वीरगंज उद्योग वाणिज्य सङ्घले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको स्वागत गरेको छ । सोमवार सङ्घको सभाहलमा आयोजित कार्यक्रममा पुष्पगुच्छाका साथ स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका प्रजिअ अर्यालले उद्योगी व्यवसायीको समस्यालाई माथिल्लो निकायमा पु¥याउने बताए । उनले अवैधानिक र गलत गर्ने जोकसैलाई प्रहरी प्रशासनले कानून बमोजिम कारबाई गर्ने बताए । निजी क्ष्Fेत्रविना देश विकास हुन सक्दैन र सरकारले राजस्व सङ्कलनको लक्ष्य पनि नभेट्टाउने भएकोले व्यवसायीको वास्तविक पीडा सम्बोधन गराउन हरेक प्रयास गर्ने बताए ।
उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोध गुप्ताले सरकारी नीतिकै कारण अहिले देशमा उद्योग व्यवसाय सङ्कटमा परेको बताए । उनले सरकारले नीतिगत निर्णय झन्झटिलो पार्दा उद्योगी व्यवसायीले समस्या भोग्नुपरेको बताए ।
नेपाल चामल तेल दाल सङ्घका पूर्व केन्द्रीय अध्यक्ष र वीउवासङ्घका पूर्वअध्यक्षसमेत रहेका सुबोध गुप्ताले आगामी दिनमा सरकारले दिगो नीति बनाएर अगाडि बढ्न सुझाव दिएका थिए भने उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले प्रशासन र व्यवसायीको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । उनले एक आपसमा मिलेर काम गर्न जोड दिए । साथै प्रहरी प्रशासनको डर त्रासको कारण व्यवसायीमा कहिलेकाहीं त्रास बढ्ने गरेको र सम्बन्ध पनि बिग्रिने भएकोले यसतर्पm सुरक्ष्Fा अधिकारीहरू गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले देशमा सुशासन र भ्रष्टाचार न्यूनीकरण गरे सबै स्वतः ठीक हुने बताए । वीउवासङ्घका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव राजपाल, मनोज दास, कोषाध्यक्ष शिवजी कलवार, पूर्वअध्यक्षहरू अशोक बैदलगायतको सहभागिता थियो ।