सामूहिक भाइटीका कार्यक्रम

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज १९ कात्तिक/
भाइटीकाको दिन आइतवार गहवामााई मन्दिर अगाडिको माईस्थान पार्कमा सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ ।

न्युज २४ टेलिभिजनको आयोजनामा भएको सामूहिक भाइटीका कार्यक्रममा पहाडी, भोजपुरी, मारवाडी, मैथिली र थारू समुदायका महिला दिदीबहिनीहरूबाट दाजुभाइहरूलाई टीका लगाउने कार्यक्रम सम्पन्न भएको थियो ।

मन्त्री अजय चौरसिया, सांसद प्रभु हजरा, पूर्वमन्त्री जीतेन्द्र सोनल, प्रदेशसभा सदस्य श्याम पटेल, वीरगंज महानगरका सदभावनादूत अशोक बैद, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोध गुप्ता, प्रदेश अध्यक्ष अशोक टेमानी, पूर्वअध्यक्ष गणेश लाठ, वीउवासङ्घका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, नेपाली काङ्ग्रेसका रामनारायण कुर्मी, महम्मद सहाबुद्दीन, राष्ट्रिय मुक्ति मोर्चाका निजामुद्दीन समानी, जनमत पार्टीका ओमप्रकाश सर्राफ, समाजसेवी सुरेश रुँगटा, प्रकाश खेतान, प्रकाश थारु, कमल चौगाइलगायतले सबै समुदायका दिदीबहिनीहरूसँग टीका ग्रहण गरेका थिए ।

सो अवसरमा उनीहरूले सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेर धर्म संस्कृतिको जगेर्ना गर्नुका साथै समाजमा भाइचाराको सम्बन्ध स्थापित गराउने काम भएको बताए । कार्यक्रमको सहजीकरण न्युज २४ टेलिभिजनका प्रमुख राजु श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस