प्रस, वीरगंज, १९ पुस।
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले आइतवार उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा निर्माण हुने तीनवटा इजलास भवनको लागि जग्गा अनुगमन गरेका छन्।
न्यायाधीश शेखर पौडेलले केही दिनअघि मन्त्रालयमा पुगी इजलास भवनको अभावमा न्याय सम्पादनमा समस्या भएको भन्दै मन्त्री सोनलको ध्यानाकर्षण गराएका थिए।
मन्त्री सोनल आइतवार अदालत परिसरमा पुगेर इजलास भवन निर्माणको लागि जग्गा निरीक्षण गरेका थिए।  सो क्रममा उनले सन्तुलित विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले न्यायमा जनताको सहज पहँुचको लागि प्रदेश सरकार गम्भीर भएको बताउँदै छिटोभन्दा छिटो इजलास भवन निर्माण गर्न इन्जिनीयर विनोद यादवलाई निर्देशन दिए।
निरीक्षणमा प्रदेश सांसद पारस साह, जन्नत अन्सारी, करीमा बेगम, नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह, अधिवक्ता सुधीर कर्ण, परमहंस केशरी, उमेश जैसवाल, अरुण दुबे, चन्द्रिका यादव, जसपा नेता राजेशमान सिंहलगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here