प्रस, वीरगंज, १९ पुस/
व्यवस्थित वीरगंज अभियान अन्तर्गत आइतवार जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सरोकारवालाहरूसँग ट्राफिक व्यवस्थापन, नयाँ रूट र भाडादरबारेमा छलफल गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्ष्Fक सुमन कार्कीको अध्यक्ष्Fतामा भएको बैठकमा वीरगंज महानगरपालिकाले निर्धारण गरेको रूटको पालना गर्ने र सोही दररेट अनुसार भाडा लिने सहमति भएको व्यवस्थित वीरगंज अभियानका अध्यक्ष्F दिलीपराज कार्कीले बताए।
महानगरमा दर्ता भएका र तोकिएको रूट अनुसारको भाडा लिनुपर्ने र सोविपरीत गर्नेहरूलाई कारबाई गर्ने सहमति भएको छ।
बैठकमा वीरगंज महानगरपालिका सडक तथा यातायात शाखा प्रमुख विजय गुप्ता, अभियानका अध्यक्ष्F कार्की, ईरिक्शा सङ्घका अमजद अलि र टेम्पो सङ्घ दीपक सर्राफलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here