प्रस, वीरगंज, १८ पुस/

नेकपा प्रचण्ड–नेपाल समूहको शनिवार सम्पन्न भेलाले वीरगंज महानगरस्तरीय सङ्घर्ष समिति बनाएको छ। नेकपा वीरगंज महानगरका अध्यक्ष रहबर अन्सारीको अध्यक्ष्Fतामा ३५१ सदस्यीय सङ्घर्ष समिति गठन भएको हो। आज भएको अगुवा भेलाले सो निर्णय गरेको बताइएको छ।

भेलामा नेकपा प्रदेश नं २ का सहइन्चार्ज नागेन्द्र चौधरी, केन्द्रीय सदस्य रामचन्द्र साह, दिनेश राई, निवर्तमान सांसद पुष्पकुमारी कर्ण, प्रदेश कमिटी सदस्य बालगोपाल थापा, संविधानसभा सदस्य विचारी यादवलगायतले संसद् विघटनविरुद्धमा पुनस्र्थापनाको लागि सडक सङ्घर्ष गर्नुपर्ने बाध्यता भएको बताए।

नरेश यादव, पर्सागढी/

नेकपा प्रचण्ड–नेपाल समूहको पर्सागढी नगरपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आन्दोलन परिचालन समिति पर्सागढीका अध्यक्ष्F धनबहादुर श्रेष्ठको अध्यक्ष्Fतामा सम्पन्न भेलाको उद्घाटन नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साहले गरेका थिए। उनले संसद् विघटनविरुद्धमा आमनागरिकलाई जानकारी गराउने उद्देश्यले नेकपा प्रचण्ड–नेपाल समूहले टोल–टोलमा कार्यक्रम गर्दै आएको बताए। उनले नेपाली जनताको लागि नेकपा सदैव अग्रसर रहँदै आएको र अग्रसर रहने बताए।

भेलामा नेकपाका स्थानीय नेताहरू सोम लामा, सत्यनारायण दास थारू, रामेश्वर मण्डल, गोलकुमार बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण विपिन यादवले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here