दुई महिला ज्येष्ठ नागरिक सम्मानित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १४ भदौ/

हिन्दू महिलाहरूको सबैभन्दा ठूलो पर्व हरतालिका तीजको अवसर पारेर सशक्त कर्ण महिला समूहले दुईजना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। 

सशक्त कर्ण महिला समूहकी अध्यक्ष चञ्चला दासले कर्ण महिला समूहले बिहीवार राति आयोजना गरेको तीज विशेष कार्यक्रममा ८३ वर्षीय सावित्री देवी र ८१ वर्षीया ललिता देवीलाई सशक्त वरिष्ठ नारी सम्मानबाट सम्मानित गरिएको बताइन्। उनले दुईजना ज्येष्ठ महिला नागरिकलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको जानकारी गराइन्। 

यसैगरी, कार्यक्रममा अन्य विधामा आद्या चौधरी,  नन्दिनी कण्ठलगायतलाई पनि सम्मानित गरिएको उनले बताइन्। कार्यक्रममा नूतन कर्ण, सीता कण्ठ, नीरा कर्ण, अर्चना चौधरी, रिङ्की कर्ण, नन्दनी कण्ठ, बेबी निधि, जयन्ती चौधरी, रञ्जना कर्ण, सुषमा दत्त,  वन्दना कर्ण, सङ्गीता कर्णलगायतको सहभागिता थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।