प्रस, वीरगंज, १२ पुस/
जनता समाजवादी पार्टीले संसद् विघटनको विरोधमा वीरगंजमा प्रदर्शन गर्नुका साथै घण्टाघरमा कोणसभा गरेको छ। घण्टाघरबाट निकालिएको विरोध –याली नगरपरिक्रमा गरी पुनः सोही ठाउँमा सभा गरेको थियो। सभामा प्रदेशसभा सदस्य रमेश पटेल, करीमा बेगम, केन्द्रीय सदस्य शिव पटेल, शशिकपूर मियाँ, मुनी श्रीवास्तव, महानगर अध्यक्ष ओमप्रकाश सर्राफ, सुजित गिरीलगायतले संविधान पुनस्र्थापना नहुन्जेल जसपाले आन्दोलन जारी राख्ने बताए। संविधानको बर्खिलाप प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको र नेपाली जनताले दिएको अभिमतको अपहेलना गरेको भन्दै उनीहरूले संसद् विघटनको निर्णय सरकारले फिर्ता लिनुपर्ने माग गरे। संसद् विघटन कुनै पनि हालतमा मान्य नहुने र सोको विरोधमा जसपाले आन्दोलन गर्न पछि नपर्ने बताए।
जसपा, पर्साका अध्यक्ष रामनरेश यादव र जगदीश पटेलको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण सचिव तबरेज अहमदले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here