प्रस, पंचगावाँ, १२ पुस/
ठोरी गाउँपालिका–५ सुवर्णपुरबाट ३९ वटा राँगा, भैंसी जिल्ला प्रहरी कार्यालय, पर्साको अपराध अनुसन्धान शाखाको टोलीले बरामद गरेपछि सशस्त्र प्रहरी निरीक्ष्Fक अशोक चालिसेमाथि कारबाई भएको छ।
सीमा सुरक्षाको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले आफ्नो क्ष्Fेत्रबाट हुने अपराधका घटनामा तदारूकता नदेखाएको भनेर सशस्त्र प्रनि चालिसेलाई १३ नं गण वीरगंजमा उपस्थित गराइएको सशस्त्र प्रहरी उपरीक्ष्Fक राजेन्द्र खड्काले बताए।
सीमामा तैनाथ सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने र सो नगरेको जनगुनासो आएपछि उनीमाथि छानबिन शुरू भएको सशस्त्र प्रउ खड्काले बताए। सप्रउ चालिसेको ठाउँमा ऋषिकेश राउतलाई खटाइएको छ। घटना शनिवार बिहानको हो र प्रनि चालिसेलाई साँझ कारबाई भएको हो।