‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेर आप्mनो घोषणापत्रमा प्रमुख नारा बनाएका नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चौथोपटक मुलुकको प्रधानमन्त्री भएका छन् । अहिले साढे तीन वर्ष समय बाँकी रहँदा संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष ओली मुलुकको प्रधानमन्त्री बनेका हुन् । उनलाई विकासवादी नेता भनेर उनकै दल नेकपा एमालेले चिनाउने गरेको पनि छ । उनको नेतृत्वमा गठित वर्तमान सरकारमा पाँचौं पटक अर्थ मन्त्रालयको बागडोर सम्हालेका व्यक्ति विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन् । धेरैपछि दुईतिहाई बहुमतको बलियो सरकार पाउँदा मुलुकले समृद्धिको यात्रा शुरू गरेन भने अवसर नै गुम्ने अवस्था देखिन्छ । त्यसैले होला, अहिले निजी क्षेत्र पनि उत्साहित भएको छ । हुनत् आर्थिक विकास र समृद्धिका लागि राजनीतिक स्थिरता महŒवपूर्ण हुन्छ । कुनै पनि मुलुकमा सरकार र नीतिगत व्यवस्था छिटछिटै परिवर्तन भइरहने हो भने त्यस मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुँदैन ।
मुलुकको आर्थिक तथा सामाजिक विकासमा भौतिक एवं सामाजिक पूर्वाधारको विकास आवश्यक हुन्छ । पछिल्लो एक दशकदेखि हरेक वर्ष नै पूँजीगत खर्च विनियोजनको आधा मात्रै हुने गरेको वा भइरहेको छ । जस्तो, गत आवमा सरकारले पूँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब रुपियाँ विनियोजन गरेकोमा आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा एक खर्ब ९१ अर्ब बराबर मात्र खर्च हुन सकेको छ । नयाँ अर्थमन्त्रीको विशेष ध्यान जानुपर्ने ठाउँ यो पनि हो । अब देशमा स्थिरता आउला र आर्थिक मुद्दाले प्राथमिकता पाउला भन्ने विश्वासले निजी क्षेत्र उत्साहित बनेको देखिन्छ । नयाँ सरकारसँग निजी क्षेत्रका धेरै अपेक्षा पनि छन् । उद्यमी व्यवसायीले व्यावसायिक मैत्री वातावरण खोजिरहेका छन् । मुलुकको अर्थतन्त्रमा करीब ८१ प्रतिशत र रोजगारमा करीब ८५ प्रतिशत योगदान रहेको निजी क्षेत्रलाई उपेक्षा गरेर सरकारले आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्दैन । निजी क्षेत्र र सरकारबीच देखिएको अविश्वासको खाडल पुर्नुपर्ने आवश्यकता देखिएको छ । सबैभन्दा पहिले दुवै पक्षले आपसमा विश्वासको वातावरण सिर्जना गर्न सक्नुपर्छ । जबसम्म एकले अर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्दैनन्, तबसम्म मुलुकमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच स्वस्थ सहकार्य हुनु जरुरी छ।
अर्थतन्त्रलाई सबल बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रलाई यतिखेर आप्mनो व्यावसायिक जीवनकै सबैभन्दा खराब परिस्थितिको सामना गर्नुपरेको छ । समग्र निजी क्षेत्र अनेकौं त्रासका बीच उद्यम/व्यवसाय गरिरहेको छ । उनीहरूको मनोबल एकदमै कमजोर देखिएको छ । नियन्त्रणको नीतिले अर्थतन्त्रका बाह्य सूचकमा सामान्य सुधार देखिए पनि आन्तरिक सूचक अत्यन्त खराब छ । बजारमा माग घट्दा आर्थिक गतिविधि सीमित हुन पुगेको छ । नयाँनयाँ लगानीका योजना स्थगित भएका छन् भने सञ्चालनमा रहेका व्यवसायको निरन्तरता पनि सबैभन्दा ठूलो चुनौतीका रूपमा देखापरेका छन् ।
अर्थतन्त्रको यो जटिल अवस्थाबीच दुईतिहाई बहुमतको नयाँ सरकार गठन भएको छ । अर्थतन्त्र जटिल अवस्थामा रहेकोले नियमित किसिमबाट मात्र सरकार सञ्चालन गर्ने छुट नयाँ सरकारलाई पक्कै छैन । त्यसैले वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिबीच सघन समन्वय, सहकार्य र नियमित छलफल आवश्यक छ । अर्थतन्त्रको संरचनात्मक सुधारका लागि नयाँ सरकारलाई अहिले महŒवपूर्ण अवसर प्राप्त भएको छ । सङ्कटोन्मुख अर्थतन्त्रलाई सबल बनाएर सरकारले आम नागरिकको मन जित्ने बेला यही हो । यसका लागि सरकारले महŒवपूर्ण र परिवर्तनकारी काम गर्नुपर्दछ । राजस्व चुहावट नियन्त्रण, सीमा क्षेत्रको अवैध व्यापार न्यूनीकरण, कर्मचारी संयन्त्रको प्रणालीगत उपयोग, भ्रष्टाचारमा शून्य सहनशीलता र अनावश्यक खर्च कटौती गर्दै रोजगार सिर्जना गर्ने खालका परियोजनामा लगानी बढाउनेगरी आर्थिक नीति बनाउने साहस सरकारले गर्नैपर्छ । कमजोर पूँजीगत खर्च बढाउन सार्वजनिक खरीद प्रक्रियामा रहेका जटिलता फुकाउनेदेखि आवश्यकता अनुसार कानून संशोधनमा सरकार तयार हुनुपर्छ ।
अहिले मुलुकमा औद्योगिक वातावरण खस्कँदो छ। रोजगार सिर्जना, लगानी आकर्षण, पूँजी सिर्जना गर्ने औद्योगिक क्षेत्रको योगदान अर्थतन्त्रमा औसतमा पाँच प्रतिशतमा सीमित छ । औद्योगिक क्षेत्र खुम्च्याएर कुनै पनि मुलुकले अर्थतन्त्रमा सफलता प्राप्त गर्न सक्दैन । त्यसैले उत्पादनमा आधारित अर्थतन्त्र नै सबैभन्दा बलियो अर्थतन्त्र हुने भएकोले औद्योगिक क्षेत्रको विस्तारमा नयाँ सरकारको ठोस पहल आवश्यक छ । त्यसैले अर्थतन्त्रको महŒवपूर्ण स्तम्भ मानिने निजी क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरेर मुलुकलाई सुहाउँदो समाजवाद उन्मुख नयाँ आर्थिक नीति तयार पारी त्यसको प्रभावकारी कार्यान्वयन गर्नु वर्तमान सरकारको प्रमुख कार्यभार हुनुपर्दछ । नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्षको मौद्रिक नीतिले भने मन्दीबाट थला परेको निजी क्षेत्रलाई केही सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । केही हदसम्म मौद्रिक नीति अर्थतन्त्रमैत्री नै छ । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारलाई प्राथमिकता दिएको छ । थलिएको निर्माण व्यवसाय, सेयर बजार र बैंकिङ क्षेत्रका माग सम्बोधन गर्ने प्रयास गरिएको छ । तर, मन्दीकै सामना गरिरहेको पर्यटन, होटेल, घरजग्गालगायत क्षेत्रतर्फ पनि राज्यले ध्यान दिनु जरुरी छ ।
यतिखेर राजस्व, पूँजीगत खर्च, तरलता, सरकारी कोषमा परेको चाप, विदेशी मुद्रा सञ्चिति, ब्याजदर, आन्तरिक उत्पादन, बढ्दो आयात र घट्दो निर्यातजस्ता अर्थतन्त्रका आधारभूत क्षेत्र नै खस्किएका देखिन्छन् । त्यसैले यी क्षेत्रको सुधार नगरी अर्थतन्त्रले लय लिन सक्ने अवस्था आउँदैन । यसका साथै देशको अर्थतन्त्र सुदृढ बनाउन आन्तरिक उत्पादनको महŒवपूर्ण भूमिका हुन्छ । आयातमुखी अर्थतन्त्रमा देशको सीमित विदेशी मुद्रा पनि यसैको भुक्तानीमा खर्च गर्नुपर्ने हुन्छ । निर्यात न्यून भएकोले सञ्चित विदेशी मुद्रा पनि खर्च गर्नुपर्ने बाध्यताले अर्थतन्त्रमा झनै दबाब पर्न जान्छ । विगत दुई वर्ष यता नेपालको अर्थतन्त्र कमजोर बनाउने कारक तŒवका रूपमा कोभिडलाई लिने गरिन्छ । कोभिडका कारण लागू भएको बन्दाबन्दीले प्रायः सबै उद्योगधन्दा, कलकारखानाजस्ता उत्पादनशील क्षेत्र धराशायी भएका छन् । उत्पादनशील क्षेत्र बन्दाबन्दी हुँदा अधिकांश श्रमिकको रोजीरोटी खोसिएको र उद्योगी–व्यवसायीले बैंकको साँवा–ऋण तिर्न सकिरहेका छैनन् । फलस्वरूप उनीहरूको घरजग्गा बैंक तथा वित्तीय संस्थाले लिलामी गर्न थालेका छन् । उत्पादनशील क्षेत्रले गति लिन नसक्दा सरकारले राजस्वसमेत गुमाएको छ । यसको असर सरकारी कोषमा परेको छ । यस्तो अवस्थामा आठ प्रतिशतको आर्थिक वृद्धि र सात प्रतिशतको सीमाभित्र मूल्य नियन्त्रण गर्ने सरकारी लक्ष्य पूरा हुने सम्भावना देखिएको छैन । त्यसैले राजस्व प्रशासनलाई समयमा नै चुस्त र दुरुस्त बनाउन सक्नुपर्दछ । यसका साथै सरकारले पूँजीगत खर्च बढाउन सक्नुपर्दछ । पूँजीगत खर्च बढाउनु भनेको विकास निर्माण कार्यलाई तीव्रता दिनु हो । त्यसैले यसतर्फ सरकार संवेदनशील हुनै पर्दछ ।
हुनत लगानीकर्तालाई हेर्ने हाम्रो सोचमंै परिवर्तन ल्याउनु आजको आवश्यकता देखिएको छ । विश्वभरि नै लगानीकर्ता नाफाको लागि व्यवसाय गर्ने गर्छन् । त्यसैले जुन मुलुकले नाफा आर्जन गर्ने वातावरण बनाउँछ र सम्मानपूर्वक व्यवहार गर्छ, लगानीकर्ता स्वाभाविकरूपमा त्यस्ता मुलुकमा लगानी गर्न उत्सुक हुन्छन् । विश्वमा १० ठूला हिमालमध्ये आठवटा नेपालमैं छ । भगवान् गौतम बुद्ध र माता जानकी नेपालमैं जन्मेका हुन् । नेपालमा अपार जलस्रोत छ र नेपाल विश्वका दुई ठूला अर्थतन्त्रको बीच अवस्थित छ । यति भनेर मात्रै लगानीकर्ता हाम्रो घरदैलोमा लगानी गर्न आउनेवाला छैनन् । यसका लागि उनीहरूलाई रातो कार्पेट बिछ्याएर नेपालमा लगानी गर्नका लागि खोज्दै जानुपर्छ । लगानी भिœयाएर मात्र हाम्रो दायित्व पूरा हुन्छ भन्ने होइन, भित्रिएको लगानीलाई सहज तरीकाले परियोजना कार्यान्वयनमा परिचालन गर्ने एवं लगानीको मुनाफा लैजाने वातावरण प्रदान गर्र्ने कार्य पनि त्यति नै जरुरी छ । राजनीतिक वृत्तमा अर्थतन्त्रको दिशा र नीतिमा स्थिरता हुने हो भने नेपालमा पनि लगानी भिœयाउन सकिन्छ र यसबाट नै आर्थिक क्रान्ति वा समृद्धि सम्भव छ र यो नै वर्तमान सरकारको प्रमुख कार्यभार हुनुपर्दछ ।