प्रस, वीरगंज, १७ साउन/
पकाहामैनपुर गाउँपालिका–४ खेस्राहामा रहेका चारवटा अवैध घरेलु मदिराभट्टीमा पर्सा प्रहरीले तोडफोड गरेको छ ।
प्रहरीले सो स्थानमा रहेका चारवटा अवैध घरेलु मदिराभट्टीबाट दुई हजार लिटर कच्चा मदिरा र पाँच सय लिटर तयारी घरेलु मदिरा पोखेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी गराए ।
प्रहरीले मदिरा उद्योग सञ्चालन गर्नेहरूको खोजी गरिरहेको जिप्रका, पर्साका प्रवक्ता भारतीले बताएका छन् ।