प्रस, परवानीपुर, १० साउन/
सन् २०११ मा भारतीय लोकप्रिय अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’का विजेता अहिले शिक्षण पेशामा आबद्ध भएका छन् ।
भारत, बिहार, मोतिहारी निवासी सुशील कुमार रक्सौलमा आयोजित एक कार्यक्रममा आएका थिए । निकै चर्चित कार्यक्रम केबिसीको विजेता भएर उनले त्यस बेला भारु पाँच करोड जितेका थिए । भारु पाँच करोडमध्ये डेढ करोड भारत सरकारलाई आयकरबापत बुझाएर उनको खातामा भारु साढे तीन करोड आएको थियो ।
बिहार लोकसेवा आयोगको तयारी गरिरहेका त्यस बेलाका विद्यार्थी सुशील सो कार्यक्रमपश्चात् रातारात करोडपति बनेको कुरा निकै चर्चित थियो । नवविवाहित सुशीलको जीवनमा भारु साढे तीन करोड जित्दा खुशीको ठेगाना थिएन । त्यसपछि आफ्नो जीवनस्तर निकै बदलिएको उनी बताउँछन् ।
अहिले पनि सो रकमबाट घरजग्गा र परिवार चलाइरहेको उनी बताउँछन् । भारत, बिहारको पूर्वी चम्पारण, मोतिहारी जिल्लाको पहाडपुरमा डेढ वर्ष अगाडि प्लस टु साइकोलोजी शिक्ष्Fकको रूपमा परीक्ष्Fा पास गरेर सरकारी जागीरे छन् ।
शुरूमा विद्यालय जाँदा कसैलाई मेरोबारेमा थाहा थिएन उनले भने । पछि विद्यालयका शिक्ष्Fकहरूले पाँच करोड जितेका सुशील शिक्षकमा नियुक्त भएर आएको चर्चा गरेपछि विद्यार्थीहरूले आफूलाई चिनेको उनी बताउँछन् । पैसा जति भएपनि आप्mनो आचरणमा कहिले पनि तडकभडक नल्याएको उनी दाबी गर्छन् । विद्यार्थीहरूलाई आप्mनो ज्ञानको दायरा बढाउँदै जीवनको लक्ष्यमा अध्ययनको अहम् भूमिका हुने भएकोले अध्ययनप्रति सकारात्मक बन्न प्रेरित
पार्दै आएको उनी बताउँछन् । आपूmसँग भएको ज्ञान जीवनको कुन चरणमा कसरी काम लाग्छ भन्नेबारेमा करोडपति यात्राले सिकाएको उनको अनुभव छ ।
करोडपति बन्दा उनले १३ वटा प्रश्नका विभिन्न चरणमा जवाफ दिएका थिए । बिहारबाट सुशील र अजयकुमार सिन्हा गरी अहिलेसम्म दुईजनाले
मात्र सो कार्यक्रमबाट करोडपति भएका छन् ।